इन्डोनेसियाको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु

२०८३ वैशाख २६ शनिवार
सारांश
  • इन्डोनेसियाको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा दुई विदेशी नागरिकसहित तीन जना पदयात्रीको मृत्यु भएको छ ।

काठमाण्डौ, २६ वैशाख । इन्डोनेसियाको माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा दुई विदेशी नागरिकसहित तीन जना पदयात्रीको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार ज्वालामुखी विस्फोट हुँदा पहाड क्षेत्रमा २० जना ट्रेकर रहेका थिए । तीमध्ये नौ जना सिङ्गापुरका नागरिक थिए भने अन्य इन्डोनेसियाली नागरिक रहेका थिए । हालसम्म १५ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ । केही व्यक्तिलाई सामान्य चोट लागेको जनाइएको छ ।

 

विस्फोटपछि ज्वालामुखीबाट करिब १० किलोमिटरसम्म खरानी र धुवाँको मुस्लो आकाशतर्फ उडेको थियो । प्रशासनले आसपासका क्षेत्रमा खरानी खस्न सक्ने चेतावनी जारी गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

 

इन्डोनेसिया ज्वालामुखी निगरानी एजेन्सी ले गत डिसेम्बरदेखि ज्वालामुखीको क्रेटर वरिपरि चार किलोमिटर क्षेत्रलाई प्रतिबन्धित घोषणा गरेको थियो । प्रहरीले ट्रेकरहरूले चेतावनी बोर्ड र सुरक्षा अलर्ट बेवास्ता गरेको जनाएको छ ।

 

घटनापछि प्रहरीले एक ट्रेकिङ गाइड र एक भरियालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि पर्यटकलाई प्रतिबन्धित क्षेत्रमा लगेको आरोप लगाइएको छ  । अधिकारीहरूले घटनामा आपराधिक कारबाही हुन सक्ने बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार