- प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।
काठमाडौं: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह केपी ओलीकै बाटोमा लागेको टिप्पणी गरेका छन् ।
शनिबार विशेष पत्रकार सम्मेलन गर्दै प्रसाईले ओलीले यति धेरै बर्ष लगाएर बनाएको बाटोमा बालेन यति छोटोसमयमै त्यहि बाटोमा गएको आरोप लगाए ।
उनले भने- 'अहिले गाउँ तिर भोट हाल्ने मान्छे लुक्न थालेका छन् । अहिले ठ्याक्कै उल्टो भएको रैछ । केपी ओलीले ३४ बर्ष लगाएर जुन बाटोमा गएका थिए नी यिनीहरुलाई त एक महिना पनि लागेन । अहिले बालेनले ओलीले जस्तै सबै शक्ति आफ्नो हातमा लिएका छन् । बालेनले बन्दुकको शक्ति आफ्नो हातमा लिदैछन् । म बालेनलाई भन्न चाहन्छु, शक्ति भनेको जनता हो । बन्दुक होइन ।'
प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।
प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेसले १५औँ महाधिवेशनका लागि देशभर सदस्यता डिजिटल अद्यावधिक सुरु, देउवा–कोइराला समूह असन्तुष्ट
-
अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै, लगायो नयाँ प्रतिबन्ध
-
एक महिनामै ओलीको बाटोमा लागे बालेन- दुर्गा प्रसाई
-
सबै क्षेत्र समेटिने समावेशी बजेट ल्याइने : अर्थमन्त्री वाग्ले
-
कांग्रेस कार्यक्रममा आसन ग्रहण डेढ मिनेटमै सकिने नयाँ नियम लागू
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।