अमेरिका र इरानबीच फेरी इस्लामावादमा वार्ताको सम्भावना
२६ बैसाख, २०८३, शनिवार
- वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार दुवै देश मध्यस्थकर्तामार्फत सम्भावित सम्झौताको मस्यौदामा काम गरिरहेका छन् । उक्त मस्यौदाले करिब एक महिना लामो औपचारिक वार्ताको बाटो खोल्न सक्ने बताइएको छ ।
काठमाडौँ: अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्ने प्रयासस्वरूप आगामी साता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः वार्ता सुरु हुन सक्ने भएको छ ।
वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार दुवै देश मध्यस्थकर्तामार्फत सम्भावित सम्झौताको मस्यौदामा काम गरिरहेका छन् । उक्त मस्यौदाले करिब एक महिना लामो औपचारिक वार्ताको बाटो खोल्न सक्ने बताइएको छ ।
प्रतिवेदनमा अमेरिकी पक्षले प्रस्ताव गरेको १४ बुँदे मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव घटाउने उपाय तथा इरानसँग रहेको उच्च संवर्द्धित युरेनियम भण्डार अर्को देशमा पठाउने विषय समावेश गरिएको उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट छिट्टै जवाफ आउने अपेक्षा रहेको बताएका छन् । उनले वार्ता सकारात्मक दिशामा अघि बढे युद्धविरामको अवधि थप लम्ब्याउन सकिने संकेत पनि दिएका छन् ।
यता अल जजिराको प्रतिवेदनअनुसार इरानले आफ्नो आणविक कार्यक्रम वा उच्च संवर्द्धित युरेनियमको विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँग सहमति नभए अमेरिका फेरि 'प्रोजेक्ट फ्रिडम' सञ्चालन गर्न तयार रहेको संकेत दिएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा रोकिएका व्यापारिक जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्न उक्त अभियान पुनः सुरु गर्न सकिनेछ ।
ट्रम्पले यस पटक अभियानलाई 'प्रोजेक्ट फ्रिडम प्लस' नाम दिएर अघि बढाइने बताएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै विषयमा सहमति नभए र सम्झौतामा हस्ताक्षर हुन नसके अमेरिका अर्को विकल्प अपनाउन बाध्य हुने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा
-
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
-
ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ- मन्त्री यादव
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।