होर्मुज क्षेत्रमा तनाव बढेपछि कच्चा तेलको मुल्य बढ्यो
२५ बैसाख, २०८३, शुक्रवार
- अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ७. ५ प्रतिशतसम्म बढ्दै प्रतिव्यारेल १०३.७० अमेरिकी डलर पुगेको छ । पछि एसियाली बजार खुलेसँगै मूल्यमा केही नरमी आएर प्रतिव्यारेल १०१. १२ डलरमा कारोबार भएको जनाइएको छ ।
काठमाडौँ: होर्मुज क्षेत्रमा अमेरिका र इरानबीच सैन्य झडप भएपछि विश्व तेल बजारमा ठूलो उछाल देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ७. ५ प्रतिशतसम्म बढ्दै प्रतिव्यारेल १०३.७० अमेरिकी डलर पुगेको छ । पछि एसियाली बजार खुलेसँगै मूल्यमा केही नरमी आएर प्रतिव्यारेल १०१. १२ डलरमा कारोबार भएको जनाइएको छ ।
यस्तै, अमेरिकी डब्लुटिआई तेलको मूल्य पनि शुक्रबार बढेको छ । डब्लुटिआई २.५८ प्रतिशत अर्थात् २. ४५ डलरले बढेर प्रतिव्यारेल ९७.२६ डलर पुगेको छ ।
युद्ध सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा ब्रेन्ट क्रुडको मूल्य करिब ४० प्रतिशतले बढिसकेको छ । बजारमा दैनिक एक करोड ४५ लाख ब्यारेल तेल उत्पादन अभाव हुने अनुमान गरिएको छ ।
तेलको मूल्यवृद्धिको असर विश्व शेयर बजारमा समेत परेको छ । शुक्रबार निक्केई २२५, कोस्पी र ह्याङ सेङ एक प्रतिशतभन्दा बढीले घटेका छन् । अमेरिकी बजारमा एस एन्ड पी ५०० पनि ०. ४ प्रतिशतले घटेर बन्द भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।