- योसँगै पश्चिम बंगालमा बिजेपी युगको शुरुवात भएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी भएका थिए । मुख्यमन्त्रीसहित अन्य पाँच जनाले मन्त्रीको शपथ लिएका छन् ।
काठमाडौँ: पश्चिम बंगालको नयाँ मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । शनिबार ब्रिगेड परेड ग्राउन्डमा राज्यपालले अधिकारीलाई मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् ।
योसँगै पश्चिम बंगालमा बिजेपी युगको शुरुवात भएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी भएका थिए । मुख्यमन्त्रीसहित अन्य पाँच जनाले मन्त्रीको शपथ लिएका छन् ।
अधिकारीलाई विधायक दलको बैठकले शुक्रबार सर्वसम्मत रूपमा नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
बैठकमा केन्द्रीय गृहमन्त्री समेत रहेका अमित शाह केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शुभेन्दु अधिकारीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै विधायकको समर्थनपछि अमित शाहले औपचारिक घोषणा गरेका थिए ।
अमित शाहले चुनाव प्रक्रिया सम्पन्न भइसकेपछि विभिन्न प्रस्ताव र समर्थन प्राप्त भएको, तर सबैले एउटै नाममा समर्थन जनाएकाले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेता घोषणा गरिएको बताएका छन् ।
अब नयाँ मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँट, सरकारको प्राथमिकता तथा प्रशासनिक संरचनाबारे समेत छलफल भएको छ । पश्चिम बंगालका लागि अमित शाहलाई केन्द्रीय पर्यवेक्षक तथा मोहन चरण माझी लाई सह–पर्यवेक्षक तोकिएको छ ।
हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले ऐतिहासिक सफलता हासिल गरेको थियो । २९४ सदस्यीय विधानसभामा भाजपा २०६ सिट जित्दै पहिलोपटक पश्चिम बंगालमा सरकार गठनको अवस्थामा पुगेको हो । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिका र इरानबीच फेरी इस्लामावादमा वार्ताको सम्भावना
-
रास्वपाको प्रशिक्षणमा आएनन् सबै सांसद : उपनेता पराजुलीले भने- यसको पार्टीले मूल्यांकन गर्छ
-
पश्चिम बंगालका नयाँ मुख्यमन्त्री अधिकारीले लिए शपथ
-
महानगरको स्वास्थ्य सर्वेक्षण: २ हजार ७५ ज्येष्ठ नागरिकको विवरण संकलन, १०८ लाई अस्पताल पठाइयो
-
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।