- इरानी सरकारी समाचार एजेन्सीका अनुसार रेजाईले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानको हातबाट बाहिर गएमा शत्रुहरूले फेरि त्यसलाई इरान र इरानी जनताविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।
एजेन्सी, २४ वैशाख । इरानले आफ्नो आणविक कार्यक्रमका विषयमा कुनै पनि वार्ता नगर्ने स्पष्ट संकेत दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पूर्व कमान्डर मोहसिन रेजाईले इरानले आफ्नो परमाणु कार्यक्रमबारे कसैसँग पनि वार्ता नगर्ने बताएका हुन् । उनले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानकै हातमा रहनुपर्नेमा जोड दिएका छन् ।
इरानी सरकारी समाचार एजेन्सीका अनुसार रेजाईले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानको हातबाट बाहिर गएमा शत्रुहरूले फेरि त्यसलाई इरान र इरानी जनताविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उनले क्षेत्रीय सुरक्षाको जिम्मा क्षेत्रकै देशहरूले लिनुपर्ने इरानको नीति रहेको उल्लेख गर्दै अमेरिका वा युरोपेली शक्तिहरूजस्ता बाह्य शक्तिहरूले यो क्षेत्र छाड्नुपर्ने बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध रोक्ने र परमाणु कार्यक्रमसँग सम्बन्धित सम्झौतामा पुग्ने अवस्था निकै नजिक पुगेको दाबी गरेका छन् । उनले वार्ता असफल भए फेरि बमबारी सुरु हुन सक्ने चेतावनीसमेत दिएका छन् ।
यसअघि इरानले ४८ घण्टाभित्र युद्धविरामका विषयमा सहमति जनाउन सक्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । तर इरानले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सम्झौता नजिक पुगेको भन्ने समाचारलाई बढाइचढाइ गरिएको बताएका छन् । उनले प्रस्तावबारे इरानले अझै औपचारिक जवाफ नदिएको तर पाकिस्तान मार्फत संवाद जारी रहेको जानकारी दिएका छन् ।
इरानी सञ्चारमाध्यमहरूले अमेरिकी प्रस्तावमा स्वीकार गर्न नसकिने केही सर्तहरू रहेको बताएका छन् । तर ती सर्तहरू के हुन् भन्ने खुलाइएको छैन । इरानी संसदको विदेश मामिला समितिका प्रवक्ता इब्राहिम रेजईले उक्त प्रस्तावलाई 'अमेरिकाको इच्छासूची' को संज्ञा दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।