- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, २६ वैशाख । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १४.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।कोलकोताको जितमा फिन एलेनले अविजित ४७ बलमा १०० रनको शतकीय पारी खेलेका थिए भने क्यामरुन ग्रीनले ३३ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । दिल्लीका लागि पाथुम निसन्काले सर्बाधिक ५० रन बनाए भने आशुतोष शर्माले ३९ र के एल राहुलले २३ रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर कार्तिक त्यागी र अनुकुल रोयले २-२ विकेट लिएका थिए ।
यो कोलकोताको यस सिजनमा लगातार चौथो जित हो ।१० खेलमा ९ अंक हासिल गरेको कोलकोता सातौं स्थानमा उक्लिएको छ ।
त्यस्तै दिल्ली क्यापिटल्सको भने यो सातौं हार हो । यो हारपछि दिल्लीको प्लेअफको सम्भावना लगभग सकिएको छ । ११ खेलमा ८ अंक रहेको दिल्ली आठौँ स्थानमा झरेको छ ।
जारी आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसको स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला आजदेखि धनगढीबाट शुरु हुँदै
-
इन्डोनेसियाको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
-
विधुतीय गाडीप्रति पश्चिमी देशमा मोहभंग, नयाँ प्रविधिप्रति आकर्षित !
-
वीपी कोइराला प्रतिष्ठानको जग्गा धरान उपमहानगरलाई उपयोग गर्न दिने सरकारको निर्णय
-
आइपिएलमा दिल्लीमाथि कोलकोताको सहज जित
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।