नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी

२५ बैसाख, २०८३, शुक्रवार
सारांश
  • अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

काठमाडौँ: नेपाल ए ले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो ।

 

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।   

 

यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका लागि समित पटेलले ११६ रनको शतकीय पारी खेलेका थिए ।

 

अब नेपाल ए ले यसअघि विहिबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । अब अर्को खेल मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार