आइपिएलमा बैंगलुरुमाथि लखनउ ९ रनले विजयी

२०८३ वैशाख २५ शुक्रवार
सारांश
  • लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।

काठमाण्डौ, २५ वैशाख । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो ।

 

बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २१३ रनको लक्ष्य पाएको थियो । जसमा बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सकेको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले सर्बाधिक ६१ रन बनाए भने टिम डेविडले ४०, देवदत्त पाडिकलले ३४, क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले अविजित २३ रन बनाएका थिए ।  त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३, शह्बाज अहमदले २ विकेट लिएका थिए ।

 

यस अघि पहिला ब्याटिंग गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले १११ रनको शतकीय पारी खेलेका थिए भने निकोलस पुरनले ३८ र ऋषव पन्तले अविजित ३२ रन बनाएका थिए ।

 

जारी आइपिएलमा लखनउको यो १० खेलमा तेस्रो जित हो । यो जितपछि लखनउ ६ अंकसहित पुछारमा नै रहेको छ । त्यस्तै बैंगलुरुको भने यो यस सिजनको चौथो हार हो । १० खेलमा १२ अंक रहेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार