सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
२०८३ वैशाख २६ शनिवार
- राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले शनिवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
काठमाण्डौ, २६ वैशाख । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान गरिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले शनिवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
अध्यक्षका लागि ऐनको दफा १०३ग को उपदफा (१) को खण्ड (क) बमोजिम अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको व अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीम दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दिनुपर्ने र यस विषयमा थप जानकारीका लागि प्राधिकरणको वेभसाइट www.ncra.gov.np मा हेर्न सकिने समितिले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वैदेशिक रोजगार व्यवसायी आन्दोलित, श्रमिक पठाउन बन्द गर्ने घोषणा
-
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
-
ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ- मन्त्री यादव
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।