कांग्रेसले १५औँ महाधिवेशनका लागि देशभर सदस्यता डिजिटल अद्यावधिक सुरु, देउवा–कोइराला समूह असन्तुष्ट

२६ बैसाख, २०८३, शनिवार
सारांश
  • पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सबै क्रियाशील सदस्यलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको ९७०१२५५५५५ नम्बरमा एकपटक सम्पर्क गरी दर्ता गराउन आग्रह गरेका छन्।

काठमाडौं: नेपाली कांग्रेसले आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै देशभरका ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने कार्य तीव्र बनाएको छ। 

 

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सबै क्रियाशील सदस्यलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको ९७०१२५५५५५ नम्बरमा एकपटक सम्पर्क गरी दर्ता गराउन आग्रह गरेका छन्।

 

पार्टीका अनुसार यसरी मोबाइल नम्बर सूचीकृत भएपछि वडा सभापतिमार्फत सदस्यता अद्यावधिक प्रक्रिया सहज, छिटो र व्यवस्थित हुने छ।

 

तर, पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले भने यो प्रक्रियामा असहमति जनाएका छन्। उनीहरूले वर्तमान कार्यसमितिले अघि बढाएको सदस्यता अद्यावधिकलाई स्वीकार नगर्ने अडान लिएका छन्।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार