एक महिनामै ओलीको बाटोमा लागे बालेन- दुर्गा प्रसाई

२६ बैसाख, २०८३, शनिवार
सारांश
  • प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।

काठमाडौं: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह केपी ओलीकै बाटोमा लागेको टिप्पणी गरेका छन् ।

 

शनिबार विशेष पत्रकार सम्मेलन गर्दै प्रसाईले ओलीले यति धेरै बर्ष लगाएर बनाएको बाटोमा बालेन यति छोटोसमयमै त्यहि बाटोमा गएको आरोप लगाए ।

 

उनले भने- 'अहिले गाउँ तिर भोट हाल्ने मान्छे लुक्न थालेका छन् । अहिले ठ्याक्कै उल्टो भएको रैछ । केपी ओलीले ३४ बर्ष लगाएर जुन बाटोमा गएका थिए नी यिनीहरुलाई त एक महिना पनि लागेन । अहिले बालेनले ओलीले जस्तै सबै शक्ति आफ्नो हातमा लिएका छन् । बालेनले बन्दुकको शक्ति आफ्नो हातमा लिदैछन् । म बालेनलाई भन्न चाहन्छु, शक्ति भनेको जनता हो । बन्दुक होइन ।'

 

प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।

 

प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार