घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक राउतविरुद्ध मुद्धा दायर
२५ बैसाख, २०८३, शुक्रवार
- आयोगका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै राउतले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै राउतले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो । टंगालबाट खटिएको अख्तियारको टोलीले राउतलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा चेक अनादर अर्थात् ‘चेक बाउन्स’ सम्बन्धी बैंकिङ कसुर मुद्दाको मिलापत्र प्रक्रिया सहजीकरण गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिई २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कसुर कायम गर्दै २० हजार रुपैयाँ बिगो निर्धारण गरेको छ । सोही ऐनअनुसार कैद र बिगो बराबर जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै
-
सहमति कार्यान्वयन नभए भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
नेप्सेमा आजपनि गिरावट, ३ अर्ब ७७ करोडको कारोबार
-
प्रतिपक्षको कुरा नसुने सरकार सफल हुदैन- हर्क साम्पाङ
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।