निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : चन्द्रप्रसाद ढकाल
२०८३ वैशाख १७ विहिवार
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन् ।
काठमाण्डौ, १७ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन् ।
हिजो बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला तीन वर्षमा निजी क्षेत्रका धेरै पुराना कानुनी तथा नीतिगत समस्याहरू समाधानतर्फ अघि बढेको भए पनि निजी क्षेत्रको योगदानलाई हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार आउन नसकेको बताए ।
उनले भने, ‘हामीले यो तीन वर्षको समयमा धेरै पुराना कानुन परिवर्तनका कुराहरू उठायौं। चाहे निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणको विषय होस्, चाहे सरकार र निजी क्षेत्रबीच पक्ष–प्रतिपक्षको रूपमा मात्र कुरा गरेर आफ्ना तार्किक समस्याहरू राख्न सकिन्छ भन्ने धारणा होस्, हामी वास्तवमै एउटा तहमा सफल भएका छौं । तर अझै निजी क्षेत्रले गरेको योगदानलाई हेर्ने दृष्टिकोण जुन हुनुपर्ने हो, त्यो भएको छैन ।’
अध्यक्ष ढकालले महासंघभित्रको नेतृत्व चयन प्रक्रियाबारे पनि धारणा राख्दै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेको बताए। उनले आगामी नेतृत्वलाई निजी क्षेत्रका बाँकी समस्याहरू समाधानतर्फ अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना दिए ।
उनले भने, ‘ज्योत्सना श्रेष्ठहरूको टिमले अझै निजी क्षेत्रका समस्याको समाधानका लागि अगाडि बढाइएको कामलाई पूरा गर्न अब आउने नयाँ टिमले निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु । मैले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेँ, तर सम्भव भएन ।’
ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपक्षी दलको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध
-
त्रिविका उपकुलपतिसहित पदाधिकारीको सामुहिक राजीनामा
-
नेटवर्क नक्सामा त्रुटि प्रकरणमा नेपाल एयरलाइन्सले माग्यो माफी
-
रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई स्थगित
-
कच्चा तेलको मूल्य चार बर्षकै उच्च स्तरमा
धेरै पढिएको
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।