एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु
१६ बैसाख, २०८३, बुधवार
- सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपन र दिगोपनालाई ध्यानमा राख्दै अत्याधुनिक निर्माण प्रविधि ‘फुल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिने भएको छ ।
दाङ: एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ।
सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपन र दिगोपनालाई ध्यानमा राख्दै अत्याधुनिक निर्माण प्रविधि ‘फुल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिने भएको छ ।
यस प्रविधिबाट बलियो तथा टिकाउ सडक निर्माण, पुराना आस्फाल्ट सामग्रीको पुनःप्रयोग तथा वातावरणीय प्रभाव न्यूनीकरण हुने अपेक्षा गरिएको छ। यसले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालसम्म भरपर्दो र लागत प्रभावकारी बनाउने विश्वास लिइएको छ । आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरी सडकलाई १२ मिटर चौडा बनाइनेछ ।
शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिको प्रयोगले सडकको गुणस्तर र टिकाउपन सुनिश्चित हुने भन्दै यसको प्रशंसा गरेका छन् । उनले यो सडक खण्ड स्तरोन्नतिले यात्रालाई थप सुरक्षित, सहज र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान र उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्ने बताए ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला-लमही सडक स्तरोन्नति नेपाल र अमेरिकाबीचको साझेदारीको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानीमार्फत ढुवानी लागत घटाउने, सुरक्षा बढाउने र समुदायलाई बजार तथा अवसरसँग जोड्ने लक्ष्य रहेको उल्लेख गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले एमसीए-नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा रहेको बताए ।
एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले आधुनिक प्रविधिको प्रयोगले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने उल्लेख गरेका थिए ।
एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडक स्तरोन्नति एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजनाको महत्वपूर्ण चरण भएको बताए । उनले आयोजना प्रभावकारी, पारदर्शी र उच्च गुणस्तरसहित समयमै सम्पन्न गर्न एमसीए-नेपाल प्रतिबद्ध रहेको पनि बताए । सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण हिस्सा हो, जसको उद्देश्य ढुवानी लागत घटाउनुका साथै नेपालको सडक अवस्थालाई सुधार गर्नु रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।