रवि लामिछानेको मुद्धामा महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई स्थगित

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।

काठमाडौं: रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बारेको रिटको सुनुवाइ स्थगित गरिएको छ । 

 

विहिबार यो रिट न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । सर्वोच्चले रविका कानुन व्यवसायीको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको जनाएको छ । 

 

गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यो रिटलाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो ।

 

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकील कार्यालयमा परिपत्र गरेपछि युवराज पौडेल, दिनेश त्रिपाठी, आभास रेग्मीलगायतले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार