नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

१६ बैसाख, २०८३, बुधवार
सारांश
  • आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८  करोड ६२ लाख ९४ हजार १७३ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २५.८१  अंकले घटेर २७४४.४५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८  करोड ६२ लाख ९४ हजार १७३ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.८१ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी केबीएल डिभेन्चर २०९० को शेयर ११.४६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड १९ लाख र पाल्पा सिमेन्टको २० करोड २२ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार