नेटवर्क नक्सामा त्रुटि प्रकरणमा नेपाल एयरलाइन्सले माग्यो माफी
१७ बैसाख, २०८३, बिहिवार
- निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।
काठमाडौँ: नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा हालै सार्वजनिक गरिएको नेटवर्क नक्सामा त्रुटि भएको स्वीकार गर्दै औपचारिक रूपमा माफी मागेको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।
त्रुटिपूर्ण नक्सा सार्वजनिक भएपछि निगमले उक्त सामग्री तुरुन्त हटाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको पनि जानकारी दिएको छ ।
निगमले छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त सामग्रीका कारण कसैलाई असहज भएको भए त्यसप्रति दुःख व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।