नेटवर्क नक्सामा त्रुटि प्रकरणमा नेपाल एयरलाइन्सले माग्यो माफी

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।

काठमाडौँ: नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा हालै सार्वजनिक गरिएको नेटवर्क नक्सामा त्रुटि भएको स्वीकार गर्दै औपचारिक रूपमा माफी मागेको छ ।

 

निगमले जारी गरेको विज्ञप्तिमा उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि रहेको र त्यसले नेपाल सरकार वा निगमको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।

 

त्रुटिपूर्ण नक्सा सार्वजनिक भएपछि निगमले उक्त सामग्री तुरुन्त हटाएको जनाएको छ । साथै, आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको पनि जानकारी दिएको छ ।

 

निगमले छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त सामग्रीका कारण कसैलाई असहज भएको भए त्यसप्रति दुःख व्यक्त गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार