- पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १२६.२० डलर प्रति ब्यारेल पुगेको छ, जुन २०२२ को मार्चपछिको सबैभन्दा उच्च हो । यसअघि ८ मार्च २०२२ मा तेलको मूल्य १२७.९८ डलर पुगेको थियो । गत साता भने मूल्य करिब १०० डलर आसपास रहेको थियो।
काठमाडौँ: मध्यपूर्वमा जारी युद्धबीच कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो ।
पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १२६.२० डलर प्रति ब्यारेल पुगेको छ, जुन २०२२ को मार्चपछिको सबैभन्दा उच्च हो । यसअघि ८ मार्च २०२२ मा तेलको मूल्य १२७.९८ डलर पुगेको थियो । गत साता भने मूल्य करिब १०० डलर आसपास रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा सैनिक नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएपछि बजारमा प्रभाव परेको हो । उनले इरानले आफ्नो परमाणु कार्यक्रमबारे सहमति नगरेसम्म नाकाबन्दी नहट्ने बताएका छन् ।
यस निर्णयले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक होर्मुज क्षेत्रमा तनाव बढाएको छ, जसका कारण तेल आपूर्तिबारे अनिश्चितता थपिएको छ ।
यता इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले मूल्यवृद्धिप्रति व्यंग्य गर्दै अब तेलको मूल्य १४० डलरसम्म पुग्ने संकेत गरेका छन् । उनले ट्रम्पलाई गलत सल्लाह दिइएको आरोपसमेत लगाएका छन् । त्यस्तै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टमाथि पनि उनले टिप्पणी गर्दै उनको सल्लाहका कारण तेलको मूल्य बढिरहेको बताएका छन् ।
इतिहासमा सबैभन्दा उच्च तेल मूल्य सन् २००८ मा पुगेको थियो, जतिबेला ब्रेन्ट कच्चा तेल करिब १४७ डलर प्रति ब्यारेल पुगेको थियो । विज्ञहरूले वर्तमान अवस्था हेर्दा मूल्य अझै बढ्न सक्ने आकलन गरेका छन् । यदि होर्मुज मार्ग लामो समय अवरुद्ध भएमा तेलको मूल्य १५० देखि २०० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।