मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन को मस्यौदा प्रतिवेदन सार्वजनिक
२०८३ वैशाख १६ बुधवार
- बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरिएको छ ।
बाजुरा, १६ वैशाख । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को. वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को मस्यौदा प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरिएको छ । आयोजनाको केन्द्रीय कार्यालय रहने बुढी नन्दा नगरपालिकामा मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
चार खर्व ६० अर्ब बढीको लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गरिएको बुढिनन्दा नगरपालिकाले जनाएको छ । १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको केन्द्रीय कार्यालय बुढी नन्दा नगरपालिका ५ को वीर सैनमा रहने भएको छ ।
आयोजनाले आवश्यक जमिन आफ्नो नाममा लिइसकेको र स्थानीयले जमिन दिए बापतको पाउनु पर्ने मुआब्जा रकम समेत बुझिसकेका छन् । जेभीजेड कन्सल्ट प्रालि र नेपाल इन्भाइरनमेन्ट तथा डेभलभ्मेन्ट कन्सल्टयान्ट प्रालिको संयुक्त सहकार्यमा तयार पारिएको प्रतिवेदन सरोकारवाला बिच सार्वजनिक गरिएको आयोजना प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।
आयोजनाबाट बाजुरा, मुगु, हुम्ला र कालिकोट गरी चार जिल्लाका दश पालिका र ३२ वटा वडा प्रभावित हुने अनुमान गरिएको छ । मुगु कर्णालीका लागि बाजुराको जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिकाको बिचमा पिलुचौर भन्ने ठाउँमा २८३ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
बाँध निर्माणबाट कर्णाली नदी थुन्दा आयोजनाको जलाशय करिब ४५ किलोमिटर माथिल्लो तटीय क्षेत्रसम्म रहनेछ ।२८३ मिटर अग्लो र १ हजार ९० मिटर लामो बाँध निर्माण हुनेछ । पुरै जलाशयको ४४.५० वर्ग किलोमिटर रहने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि २,३७९.१३ हेक्टर निजी र २,९९५.४२ हेक्टर सरकारी गरी ५,३७४.५५ हेक्टर जमिन आवश्यक पर्ने जानकारी गराइएको छ ।
आयोजनाका लागि ५ हजार ९७६ निजी संरचना डुबानमा पर्ने देखिन्छ । जसमा ३ हजार ३३१ वटा घर, १ हजार ६४४ वटा शौचालय, ८९५ वटा गोठ डुबानमा पर्ने देखिन्छ । १९४ वटा सार्वजनिक संरचना पनि डुबानमा पर्नेछन् । प्रभावीका क्षेत्रका स्थानीय मध्ये ७० प्रतिशतले मुआब्जा स्वरूप नगद माग गरेका छन् । भने ३० प्रतिशतले घर र जमिन नै माग गरेको प्रतिवेदनमा उल्लेख छ ।
१९०२ मेगावाटको मुगु कर्णालीका लागि चौधरी ग्रुपको सिजी इनरगो प्रालिको मात्र प्रस्ताव हालेको थियो । एउटा मात्र प्रस्ताव परे पनि मूल्यांकन गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ । अहिले आयोजनाको परीक्षण ट्रनेल सुरुङ निर्माण कार्य भइरहेको छ ।
४ वटा सुरुङ निर्माण गरी परीक्षण गरिने छ । सुरुङ–०१ः २००.०० मिटर सुरुङ–०२ः १५०।०० मिटर, सुरुङ–०३ः ७९८.०० मिटर,सुरुङ–०४:२००.०० मिटर, कुल सुरुङ लम्बाइस् १३४८ मिटर रहेको छ । भने सुरुङको आकार : डि आकारको सुरुङ बन्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।