मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन को मस्यौदा प्रतिवेदन सार्वजनिक
२०८३ वैशाख १६ बुधवार
- बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरिएको छ ।
बाजुरा, १६ वैशाख । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को. वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को मस्यौदा प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरिएको छ । आयोजनाको केन्द्रीय कार्यालय रहने बुढी नन्दा नगरपालिकामा मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
चार खर्व ६० अर्ब बढीको लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गरिएको बुढिनन्दा नगरपालिकाले जनाएको छ । १९०२ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको केन्द्रीय कार्यालय बुढी नन्दा नगरपालिका ५ को वीर सैनमा रहने भएको छ ।
आयोजनाले आवश्यक जमिन आफ्नो नाममा लिइसकेको र स्थानीयले जमिन दिए बापतको पाउनु पर्ने मुआब्जा रकम समेत बुझिसकेका छन् । जेभीजेड कन्सल्ट प्रालि र नेपाल इन्भाइरनमेन्ट तथा डेभलभ्मेन्ट कन्सल्टयान्ट प्रालिको संयुक्त सहकार्यमा तयार पारिएको प्रतिवेदन सरोकारवाला बिच सार्वजनिक गरिएको आयोजना प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।
आयोजनाबाट बाजुरा, मुगु, हुम्ला र कालिकोट गरी चार जिल्लाका दश पालिका र ३२ वटा वडा प्रभावित हुने अनुमान गरिएको छ । मुगु कर्णालीका लागि बाजुराको जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिकाको बिचमा पिलुचौर भन्ने ठाउँमा २८३ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
बाँध निर्माणबाट कर्णाली नदी थुन्दा आयोजनाको जलाशय करिब ४५ किलोमिटर माथिल्लो तटीय क्षेत्रसम्म रहनेछ ।२८३ मिटर अग्लो र १ हजार ९० मिटर लामो बाँध निर्माण हुनेछ । पुरै जलाशयको ४४.५० वर्ग किलोमिटर रहने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि २,३७९.१३ हेक्टर निजी र २,९९५.४२ हेक्टर सरकारी गरी ५,३७४.५५ हेक्टर जमिन आवश्यक पर्ने जानकारी गराइएको छ ।
आयोजनाका लागि ५ हजार ९७६ निजी संरचना डुबानमा पर्ने देखिन्छ । जसमा ३ हजार ३३१ वटा घर, १ हजार ६४४ वटा शौचालय, ८९५ वटा गोठ डुबानमा पर्ने देखिन्छ । १९४ वटा सार्वजनिक संरचना पनि डुबानमा पर्नेछन् । प्रभावीका क्षेत्रका स्थानीय मध्ये ७० प्रतिशतले मुआब्जा स्वरूप नगद माग गरेका छन् । भने ३० प्रतिशतले घर र जमिन नै माग गरेको प्रतिवेदनमा उल्लेख छ ।
१९०२ मेगावाटको मुगु कर्णालीका लागि चौधरी ग्रुपको सिजी इनरगो प्रालिको मात्र प्रस्ताव हालेको थियो । एउटा मात्र प्रस्ताव परे पनि मूल्यांकन गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ । अहिले आयोजनाको परीक्षण ट्रनेल सुरुङ निर्माण कार्य भइरहेको छ ।
४ वटा सुरुङ निर्माण गरी परीक्षण गरिने छ । सुरुङ–०१ः २००.०० मिटर सुरुङ–०२ः १५०।०० मिटर, सुरुङ–०३ः ७९८.०० मिटर,सुरुङ–०४:२००.०० मिटर, कुल सुरुङ लम्बाइस् १३४८ मिटर रहेको छ । भने सुरुङको आकार : डि आकारको सुरुङ बन्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।