इरानी विदेशमन्त्री अराघची रुस जाने

२०८३ वैशाख १४ सोमवार
सारांश
  • इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्‍याउने स्पष्ट गरेको छ ।

एजेन्सी, १४ वैशाख । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

 

इस्लामाबादमा केही समय बसेपछि अराघची रुसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि शनिबार उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग भेट गरेका थिए ।

 

भेटका क्रममा उनले इरानका सर्तहरू र अमेरिकाका मागप्रति आफ्नो आपत्ति पाकिस्तानसमक्ष राखेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्‍याउने स्पष्ट गरेको छ ।

 

शनिबार साँझ अराघची ओमान गएका थिए । त्यहाँ उनले ओमानका सुल्तान तारिक बिन हैथमसँग भेट गर्दै युद्ध रोक्ने र शान्ति स्थापना गर्ने प्रयासबारे छलफल गरेका थिए ।

 

अब अराघची रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । भेटमा अमेरिका-इजरायल-इरानबीचको तनाव, युद्धको अवस्था र शान्ति वार्ताको सम्भावनाबारे छलफल हुने बताइएको छ ।

 

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार वर्तमान तनावपूर्ण अवस्थामा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइएका छन् । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोभ पनि सहभागी हुने जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

श्रीराम सुगर मिल्स: तराईको एउटा समृद्धिको सपनाको अन्त्य

२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो ।

थप समाचार