इजरायलको जासुसीको आरोपमा इरानमा थप एक जनालाई मृत्युदण्ड
१० बैसाख, २०८३, बिहिवार
- मृत्युदण्ड पाउने व्यक्ति सुल्तान अली शिरजादी रहेको जनाइएको छ । उनीमाथि पीपुल्स मोजाहेदिन संगठनसँग आवद्ध रहेको र इजरायलका लागि जासुसी गरेको आरोप लागेको थियो ।
काठमाडौँ: इरानमा एक जनालाई आज बिहान मृत्युदण्ड दिइएको छ । इरानी न्यायपालिकासम्बद्ध आधिकारिक सञ्चारमाध्यम मिजान न्यूजले यसको पुष्टि गरेको हो ।
मृत्युदण्ड पाउने व्यक्ति सुल्तान अली शिरजादी रहेको जनाइएको छ । उनीमाथि पीपुल्स मोजाहेदिन संगठनसँग आवद्ध रहेको र इजरायलका लागि जासुसी गरेको आरोप लागेको थियो ।
इरानी न्यायपालिकाले कानुनी प्रक्रिया पूरा भई सर्वोच्च अदालतको निर्णयपछि सजाय कार्यान्वयन गरिएको जनाएको छ ।
पछिल्ला केही महिनायता इरानमा मृत्युदण्डका घटनामा वृद्धि भएको बताइएको छ । मानवअधिकारसम्बद्ध समूहहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार हालैका मृत्युदण्डका घटनाहरू जासुसी आरोपमा मात्र सीमित नरही विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा दोषी ठहर गरिएका व्यक्तिहरूलाई समेत दिइएको दाबी गरिएको छ ।
मानवअधिकार समूहहरूले डरको वातावरण सिर्जना गर्न यस्तो सजाय दिइएको आरोप लगाएका छन् । यद्यपि इरानी अधिकारीहरूले भने देशको कानुनअनुसार सुरक्षा चुनौती सामना गर्न यस्तो कदम चालिएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।