- २०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो ।
रौतहट, १४ वैशाख । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो । श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो । तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ उखु किसानका सपनाहरू उखुबारीमै ओइलाएका छन् ।
पहिले-पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा उखु बोकेका ट्याक्टर र गोरु गाडाको ताँती लाग्थ्यो । ‘नगदे बाली’ भनिएको उखु आज किसानका लागि ‘निल्नु न ओकल्न’ भएको छ । २०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका उखु खेती गर्ने किसानको उत्साह हराएको हो । मिल चल्ने आस मरेपछि धेरैले उखु खेती छाडेर अन्नबाली लगाउन थालेका छन् । गरुडाको आर्थिक मेरुदण्ड मानिने यो मिल बन्द हुँदा स्थानीय व्यापार समेत सुकेको छ ।
किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
स्थानीय प्रशासनदेखि केन्द्र सरकारसम्म धाउँदा पनि किसानको रोदन कसैले नसुनेको गरुडाका स्थानीय शिव पूजन साहले बताए ।
एउटा किसानका लागि उखु खेती केवल व्यवसाय थिएन, छोरीको बिहे गर्ने खर्च, छोराको पढाइको आधार र बिरामी पर्दाको औषधिको श्रोत थियो । आज मिलको गेट अगाडि पुग्दा जो कोही किसानलाई, राज्य र उद्योगपतिप्रतिको ठुलो आक्रोश पनि छ ।
२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिलले दैनिक ठुलो परिमाणमा उखु प्रशोधन गर्दै रौतहट, बारा र सर्लाहीका किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो ।
मिल बन्द भएपछि करिब १८ हजार उखु किसान प्रभावित भएका छन् । झन्डै १५ हजार बिघा क्षेत्रफलमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक सवा दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अगुवा किसान ब्रिज किशोर यादवको भनाइ छ ।
यद्यपि प्रारम्भिक वर्षहरूमा मुनाफामा सञ्चालन भएको उद्योग पछि घाटामा गएपछि बन्द भएको हो । आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा मिलको कुल घाटा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको तथ्याङ्क छ ।
श्रीराम सुगर मिल्स बन्द हुनु केवल एउटा उद्योग बन्द हुनु होइन, यो त तराईको एउटा समृद्धिको सपनाको अन्त्य हो । अब यो मिल सञ्चालन वा किसानको विकल्पबारे सोच्नुपर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।