- २०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो ।
रौतहट, १४ वैशाख । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो । श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो । तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ उखु किसानका सपनाहरू उखुबारीमै ओइलाएका छन् ।
पहिले-पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा उखु बोकेका ट्याक्टर र गोरु गाडाको ताँती लाग्थ्यो । ‘नगदे बाली’ भनिएको उखु आज किसानका लागि ‘निल्नु न ओकल्न’ भएको छ । २०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका उखु खेती गर्ने किसानको उत्साह हराएको हो । मिल चल्ने आस मरेपछि धेरैले उखु खेती छाडेर अन्नबाली लगाउन थालेका छन् । गरुडाको आर्थिक मेरुदण्ड मानिने यो मिल बन्द हुँदा स्थानीय व्यापार समेत सुकेको छ ।
किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
स्थानीय प्रशासनदेखि केन्द्र सरकारसम्म धाउँदा पनि किसानको रोदन कसैले नसुनेको गरुडाका स्थानीय शिव पूजन साहले बताए ।
एउटा किसानका लागि उखु खेती केवल व्यवसाय थिएन, छोरीको बिहे गर्ने खर्च, छोराको पढाइको आधार र बिरामी पर्दाको औषधिको श्रोत थियो । आज मिलको गेट अगाडि पुग्दा जो कोही किसानलाई, राज्य र उद्योगपतिप्रतिको ठुलो आक्रोश पनि छ ।
२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाद्वारा स्थापना गरिएको यो मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिलले दैनिक ठुलो परिमाणमा उखु प्रशोधन गर्दै रौतहट, बारा र सर्लाहीका किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो ।
मिल बन्द भएपछि करिब १८ हजार उखु किसान प्रभावित भएका छन् । झन्डै १५ हजार बिघा क्षेत्रफलमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक सवा दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अगुवा किसान ब्रिज किशोर यादवको भनाइ छ ।
यद्यपि प्रारम्भिक वर्षहरूमा मुनाफामा सञ्चालन भएको उद्योग पछि घाटामा गएपछि बन्द भएको हो । आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा मिलको कुल घाटा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको तथ्याङ्क छ ।
श्रीराम सुगर मिल्स बन्द हुनु केवल एउटा उद्योग बन्द हुनु होइन, यो त तराईको एउटा समृद्धिको सपनाको अन्त्य हो । अब यो मिल सञ्चालन वा किसानको विकल्पबारे सोच्नुपर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कृषि सामग्री कम्पनीको जिल्ला शाखाहरुबाट झण्डै १० करोड केजी मल उठेन
-
रास्वपा कोशी सभापतिमा पराजित भएपछि गोमा तामाङको राजनीति छोड्ने घोषणा
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
-
विश्वकपको पहिलो खेलमा आजराति मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
बर्दियामा नक्कली सिँचाई कार्यालय खोल्ने दम्पति पक्राउ
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।