कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै
२०८३ वैशाख १४ सोमवार
- कक्षा १२ को आजदेखि शुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
काठमाण्डौ, १४ वैशाख । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ ।
कक्षा १२ को आजदेखि शुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत बर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको र प्रश्नपत्र भने अनलाइनबाट पठाउने गरिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ । आज देखि शुरु हुने परीक्षा वैशाख २७ गते सकिने समयतालिका छ ।
उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने र ४५ दिन भित्र नतिजा निकाल्ने गरि बोर्डले तयारी गरेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।