- इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्याउने स्पष्ट गरेको छ ।
एजेन्सी, १४ वैशाख । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
इस्लामाबादमा केही समय बसेपछि अराघची रुसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि शनिबार उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग भेट गरेका थिए ।
भेटका क्रममा उनले इरानका सर्तहरू र अमेरिकाका मागप्रति आफ्नो आपत्ति पाकिस्तानसमक्ष राखेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्याउने स्पष्ट गरेको छ ।
शनिबार साँझ अराघची ओमान गएका थिए । त्यहाँ उनले ओमानका सुल्तान तारिक बिन हैथमसँग भेट गर्दै युद्ध रोक्ने र शान्ति स्थापना गर्ने प्रयासबारे छलफल गरेका थिए ।
अब अराघची रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । भेटमा अमेरिका-इजरायल-इरानबीचको तनाव, युद्धको अवस्था र शान्ति वार्ताको सम्भावनाबारे छलफल हुने बताइएको छ ।
इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार वर्तमान तनावपूर्ण अवस्थामा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइएका छन् । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोभ पनि सहभागी हुने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।