- इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्याउने स्पष्ट गरेको छ ।
एजेन्सी, १४ वैशाख । इरानका विदेशमन्त्री अब्बास अराघची फेरि पाकिस्तानको राजधानी इस्लामाबाद फर्किएका छन् । दुई दिनभित्र यो उनको दोस्रो भ्रमण हो । यस क्रममा उनले पाकिस्तानी नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
इस्लामाबादमा केही समय बसेपछि अराघची रुसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि शनिबार उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग भेट गरेका थिए ।
भेटका क्रममा उनले इरानका सर्तहरू र अमेरिकाका मागप्रति आफ्नो आपत्ति पाकिस्तानसमक्ष राखेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने र आफ्नो धारणा पाकिस्तानमार्फत मात्रै पुर्याउने स्पष्ट गरेको छ ।
शनिबार साँझ अराघची ओमान गएका थिए । त्यहाँ उनले ओमानका सुल्तान तारिक बिन हैथमसँग भेट गर्दै युद्ध रोक्ने र शान्ति स्थापना गर्ने प्रयासबारे छलफल गरेका थिए ।
अब अराघची रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । भेटमा अमेरिका-इजरायल-इरानबीचको तनाव, युद्धको अवस्था र शान्ति वार्ताको सम्भावनाबारे छलफल हुने बताइएको छ ।
इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार वर्तमान तनावपूर्ण अवस्थामा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाइएका छन् । बैठकमा रुसका विदेशमन्त्री सर्गेई लावरोभ पनि सहभागी हुने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।