- अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।
काठमाडौँ: अमेरिकाको अर्को युद्धपोत मध्यपूर्व नजिक पुगेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज वर्गको यो विशाल विमानवाहक जहाज हिन्द महासागरमा सञ्चालनमा रहेको देखिएको छ।
यो युद्धपोत यसअघि नै क्षेत्रमा रहेका अमेरिकी जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिन आएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन्।
यसअघि सेन्टकमले अर्को विज्ञप्तिमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डले लाल सागर क्षेत्रमा आफ्नो काम जारी राखेको जनाएको थियो।
उक्त जहाजले अमेरिकी पाँचौं बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।