इरानका निर्वासित राजकुमार रेजा पहलवीलाई बर्लिनमा टमाटर प्रहार
१० बैसाख, २०८३, बिहिवार
- मिडिया रिपोर्टका अनुसार जर्मनीको बर्लिनमा एक प्रेस सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि टमाटर हानिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौँ: इरानका निर्वासित राजकुमार रेजा पहलवीमाथि टमाटर प्रहार गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार जर्मनीको बर्लिनमा एक प्रेस सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि टमाटर हानिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पहलवीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीच भएको युद्धविरामको आलोचना गरेका थिए । उनले उक्त सम्झौता इरानी सरकारको व्यवहार परिवर्तन हुने अनुमानमा आधारित रहेको तर त्यसको सम्भावना कम देखिएको बताएका छन् ।
उनले कूटनीतिलाई अवसर दिन नहुने नभए पनि यसअघि नै धेरै अवसर दिइसकिएको उल्लेख गरेका छन् । पहलवी लामो समयदेखि सत्ता पुनः प्राप्तिको प्रयासमा रहेका छन् र पश्चिम एसियामा अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति समर्थन जनाउँदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।