काठमाडौंमा इनड्राइभको आधिकारिक कार्यालय उदघाटन

२०८२ जेठ २३ शुक्रवार
सारांश
  • नयाँ कार्यालयले चालक समूदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले जानकारी दिइन् ।

काठमाडौं : नेपालको अग्रणी राइड हेलिड एप, इनड्राइभले काठमाडौँमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । 


शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी कार्यालयको उद्घाटन गरिएको हो । 


नयाँ कार्यालयले चालक समूदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले जानकारी दिइन् । 


नेपाल इनड्राइभको नयाँ कार्यालय स्थानीय चालक समुदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिविम्ब रहेको धारणा राखिन् । 


उनले भनिन्,‘नेपाल इनड्राइभको लागि एक प्रमुख बजार हो ।  यो नयाँ कार्यालय स्थानीय चालक समूदायसँग निर्माण गरिरहेको बलियो साझेदारीको प्रतिविम्ब हो । स्थानीयको सपोर्टमा लगानी गरेर र चालकहरुको कुरा सुनेर, साँच्चै मानिसहरूको लागि काम गर्ने प्लेटफर्म निर्माण गरेका छौं । कार्यालयको प्लेटफर्मलाई शक्ति दिने चालकहरूप्रति हाम्रो गहिरो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । हामी काठमाडौंमा हामो कार्यालय खोल्न पाउँदा गर्व गछौं ।’


उनले थप भनिन्,‘नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरु सञ्चालन गरिनेछ जसले चालकहरुलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक जान र जानकारीहरु प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टोली सदस्यसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । यो बलियो सम्बन्ध र पारस्परिक विश्वास निर्माण गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार