- भरतश्रेष्ठ ! जेष्ठ दिदि (ठुलिदिदी) माता समान हुन्। जेष्ठ दजुकी पत्नी (भाउजु) तथा सानोमा जसको दुध पीईएको हो उन धाई पनि माताको समान हुन्।
वैदिक सनातन धर्ममा माता पितालाई भगवान सरह मानिएको छ। जन्म दिने मातापिताको सेवा गर्नु प्रत्येक सन्ततिको परम कर्तव्य हुने कुरा शास्त्रहरूमा बताईएको छ । तिनै शास्त्रहरू मध्येबाट केहि श्लोकहरू सहित त्यसको अर्थ यहाँ प्रस्तुत गरिएको छ।
नास्ति माता समं तिर्थं नास्ति मात्रा समो गति:।
नास्ति मात्रा समं त्राणं नास्ति मात्रा समा प्रपा ।।
कुक्षौ संधारणाद्धात्री जननाञ्जननी तथा ।
अङ्गानां वर्द्धनादम्बा वीरसुत्वेन वीरसू:।।
शिशो: शुश्रूषनाच्छक्त्तिर्माता स्यान्माननाच्च सा।
(स्कन्दपुराण- महेश्वर कुमारिका खण्ड ४,९९ - १०१)
भावार्थ: माता समान कुनै तिर्थ छैन, माता समान कुनै गति छैन, माता समान कुनै रक्षक छैन तथा माता समान कुनै प्याऊ छैन। माता आफ्नो गर्भमा धारणा गर्ने भएकोले "धात्री" हुन्, जन्म दिने भएको कारण "जननी" हुन्, अंगको वृद्धि गर्ने भएको कारण "अम्बा" हुन्, वीरपुत्रका लागि प्रसव सहने भएको कारण "वीरप्रसू" हुन्। शिशुलाई शुश्रूषा गर्ने कारण उनलाई "शक्ति" मानिन्छ तथा सदा सम्मान दिने भएको कारण उनलाई "माता" भनिन्छ।
माता गरीयसी यच्च तेनैतां मन्यते जन:।
ज्येष्ठो भ्राता पितृसमो मृते पितरि भारत।। (महाभारत - अनुशासनपर्व १०५,१६)
भावार्थ: भरतनन्दन ! माताको गौरव सबैभन्दा अधिक मानिन्छ, यसैकारण मानिसहरूले उनलाई विशेष आदर गर्दछन। पिताको मृत्यु पश्चात जेष्ठ दाजु (ठुल्दाई) लाई पिताको समान सम्झनुपर्छ।
जेष्ठा मातृसमा चापि भगिनी भरतर्षभ।
भ्रातुर्भार्याँ च तद्वत् स्याद यस्या बाल्ये स्तनं पिबेत्।।
भरतश्रेष्ठ ! जेष्ठ दिदि (ठुलिदिदी) माता समान हुन्। जेष्ठ दजुकी पत्नी (भाउजु) तथा सानोमा जसको दुध पीईएको हो उन धाई पनि माताको समान हुन्।
अर्धं भार्या मनुष्यस्य,भार्या श्रेष्ठतमः सखा।
भार्या मूलं त्रिवर्गस्य, भार्या मूलं तरिष्यतः॥ (महाभारत - आदिपरवा ७४,४९)
पत्नी पुरुषको आधा अंग हुन्। पत्नी उसको सबैभन्दा उत्तम साथि हुन्। पत्नी धर्म, अर्थ र कामको मूल हुन्। संसारसागरमा तर्न ईच्छा गर्ने पुरुषको प्रमुख साधन नै पत्नी हुन्।
येन प्रीणाति पितरनं तेन प्रीत: प्रजापति:।
प्रीणाति मातरं येन पृथिवी तेन पूजिता।। (महाभारत - अनुशासनपर्व ७, २५)
मनुष्य जुन व्यवहारबाट पितालाई प्रशन्न गर्न सक्छ, त्यसले भगवान प्रजापति प्रशन्न हुन्छन। जुन व्यवहारले माता संतृप्त हुन्छिन, उसले पृथ्वी देवीको पनि पुजा गरेको मानिन्छ। अभिप्राय यो होकी पिता प्रजापतिस्वरूप हुन् भने माता पृथ्वीरुपा हुन्।
जननी जन्मभूमिश्च जाह्नवी च जनार्दन: ।
जनकः पंचमश्चैव जकाराः पंच दुर्लभाः।।
जननी (माता), जन्मभुमी, जाह्नवी (गंगा), जनार्दन र जनक (पिता) यी पाँच जकार दुर्लभ छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।