नेपाल: बाँधलाई निषेध, देश बन्दी बनाउन लगानी

२०८३ भाद्र १८ विहिवार
सारांश
  • केही अहंकारी 'चीन इन्फ्लुएन्सर' हरूले यो अमेरिकी समर्थित क्रान्तिको जयजयकार गरे र एनजीओहरूको कर्तुतलाई सफाइ दिए । तिनीहरूले यसलाई युवाहरूको वास्तविक आक्रोशको रूपमा बेचे र 'हामी नेपाल', एनईडीको रकम, र त्यही ''ईक्को-सिस्टम''मा रहेका तिब्बत पृथकतावादी नेटवर्कहरूलाई बेवास्ता गरे ।

गत हप्ता नेपाल–तिब्बत सीमामा आएको बाढी सामान्य बाढी थिएन । हिमताल फुट्दा हिउँ, ढुङ्गा र लेदो हिमालयन नदी प्रणालीमा खसे । गाउँहरू सखाप भए । पुलहरू बगे । जलविधुतका आयोजनाहरू ध्वस्त भए । सयौँको मृत्यु भएको छ । हजारौँ बेपत्ता छन् । साधारण नेपालीहरू अझै पनि नदीले बगाएका आफ्ना परिवारका सदस्यहरूका सन्देश पर्खिरहेका छन् ।

 

यो त क्यामेराको अगाडि देखिएको विपत्ति मात्र हो । यसको वास्तविक कारण भने पुरानो, गुप्त र धेरै योजनाबद्ध छ ।

 

नेपालीहरुलाई आवश्यक परेको क्षेत्रमा कहिल्यै पैसा लगानी गरिएन । न जलाशययुक्त बाँधहरूमा, न बाढी नियन्त्रणमा । न त बिजुली र पानीको सुरक्षामा नै लगानी गरियो । यस्ता क्षेत्रमा गरिएको लगानीले देशलाई वास्तविक आत्मनिर्णयको अधिकार दिन सक्थ्यो । वर्षौंसम्म पश्चिमा "सहायता" को प्रवाह नागरिक समाज, सञ्चारमाध्यम तालिम, युवा सक्रियता, सुशासन कार्यशाला र वासिङ्टनमा डिजाइन गरिएका सामाजिक कार्यक्रमहरूमा केन्द्रित रह्यो । बाँध तथा बाढी नियन्त्रण पूर्वाधारमा गरिएको लगानीले चरम मौसमी घटनालाई थेग्न सक्थ्यो तर त्यस्ता पुर्वाधारलाई समस्याको रूपमा चित्रित गरियो । मस्तिष्क नियन्त्रण गरी समाज आफ्नो कब्जामा लिनुलाई नै मुख्य मिशन बनाइयो ।

 

नेपालको भूगोल त्यस्तो रहस्यमयी छैन । हिमालयले अचानक नदीको पानीको बहाव बढाउँछ । हिमतालहरू बन्छन् र फुट्छन् । नदीहरू भिरालो उपत्यकाबाट बग्छन् । यहाँ कैयौँ  नदी किनारका बस्ती र निर्माण स्थलहरू असुरक्षित छन् । एउटा व्यवहारीक एवं गम्भीर देशले यो यथार्थलाई बहुउद्देश्यीय जलाशयहरूद्वारा सम्बोधन गर्ने गर्छ: सामान्य अवस्थामा बिजुली निकाल्छ, बाढी आउँदा पानी रोक्छ । त्यो नै "कंक्रिटमा कोरिएको सार्वभौमसत्ता" हो । त्यो नै जीवन रक्षाबाट मापन गरिने आत्मनिर्णय हो ।

 

नेपालमा नदीको कमी छैन । नेपाललाई ती नदीहरूमाथि अधिकार जमाउने हकबाट वञ्चित गरियो । सार्वभौमसत्ता भनेको डिस्कोर्ड पोल वा अनुदान आवेदनका लागि दिइने नारा होइन । मानिसहरू जहाँ वास्तवमै बाँच्छन् र मर्छन्, त्यहीँ स्रोत र साधनको खर्च हुनु नै वास्तविक अधिकार हो ।

 

पश्चिमा गैरसरकारी संस्थाहरूले दशकौँसम्म ठ्याक्कै त्यस्तै आयोजनाहरू रोक्न र निर्माण प्रक्रिया अगाडी बढ्न नदिन रकम खर्च गरे । अरुण तेस्रो, पश्चिम सेती र अन्य जलाशययुक्त योजनाहरूलाई वातावरणीय शुद्धताका परीक्षण, आदिवासी अधिकारका नाममा गरिएका कानुनी दाउपेच र ऋणदाताहरूमाथि दातृ निकायको दबाबले कमजोर बनाइयो । अन्तर्राष्ट्रिय अभियानहरू र अनुदान प्राप्त गठबन्धनहरूले ठूला जलाशयहरूलाई राजनीतिक रूपमा "विषाक्त" बनाए । त्यसपछि बाँकी रहेका प्रायः 'रन-अफ-रिभर' (नदीको बहावमा आधारित) आयोजनाहरू मात्र भए । तिनीहरूले मौसमले साथ दिएको बेला मात्र बिजुली निकाल्छन् । तर माथिल्लो क्षेत्रमा हिमपहिरो आउँदा बाढी नियन्त्रणमा कुनै सहयोग गर्दैनन् । यसको परिणाम यसै हप्ता देखियो: जलविधुत् पूर्वाधारहरू तिनै उपत्यकामा थिए जहाँ बाढीको वेग कम गर्ने कुनै जलाशय थिएन ।

 

यो संयोगवश हुने नीतिगत असफलता होइन । नेपालले बाँध आफैँ बनाए, आफ्नो पानी आफैले नियन्त्रण गरे, विदेशी रिमोट नचल्न सक्छ, विदेशीले दिने दवावको प्रभाव कमजोर हुनसक्छ । दातृ निकायको पैसाबाट सञ्चालित एनजीओहरू मार्फत् व्यवस्थित नेपालले सधैँ आफ्ना दाताहरूप्रति जवाफदेही हुनुपर्छ । नदीसम्म नपुग्ने वा पुग्न नदिने सहायताले सार्वभौमसत्ता बलियो बनाउँदैन; यसले त थप कमजोर  बनाउँछ ।

 

नागरिक समाज एउटा "पेशा" बन्यो । तलब, विदेश भ्रमण, मिडियामा पहुँच र "क्षमता अभिवृद्धि" ले एउटा यस्तो समानान्तर वर्ग खडा गर्‍यो जो रसुवा वा नुवाकोटका मतदाताभन्दा वासिङ्टन र युरोपेली फाउन्डेशनहरूप्रति बढी उत्तरदायी छ । मन्त्रीहरू, कार्यकर्ताहरू र "स्वतन्त्र" विज्ञहरू एउटै नेटवर्क वा घेरामा घुमिरहन्छन् । नीतिहरू अनुदानका सर्तहरू पूरा गर्न लेखिन्छन् । ठोस विकासलाई कार्यशालाबाट पन्छाइन्छ । परनिर्भरता दुर्घटना होइन; एउटा योजनाबद्ध उत्पादन हो ।

 

सेप्टेम्बर २०२५ ले यो कब्जालाई पूर्णता दियो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको "स्वत:स्फूर्त जेनेरेसन-जी (Gen Z) विद्रोह" को रूपमा बेचिएको यो आन्दोलनले ''कलर रिभोल्युसन'' कै पटकथा पछ्याएको थियो: डिजिटल समन्वय, तीव्र वृद्धि, छनोटपूर्ण हिंसा, र त्यसपछि तिनै अनुदान प्राप्त पारिस्थितिक प्रणालीका मानिसहरूले भरिएको अन्तरिम व्यवस्था । नेपाल नाम बाहेक सबै कुरामा अमेरिकाको एउटा अधीनस्थ राज्य जस्तो बन्यो । पश्चिमा आईएनजीओ र तिनीहरूका गुप्तचर निकट साझेदारहरू अहिले राजनीतिक वर्गभित्रै बसेका छन् ।

 

'हामी नेपाल' यसको एक प्रमुख आयोजक थियो । डिस्कोर्ड च्यानलहरू, आन्दोलनको व्यवस्थापन, "युवा" ब्रान्डिङ, र त्यसपछि ओलीपछिको संक्रमणकालीन व्यवस्थालाई आकार दिन यसको भूमिका रह्यो । यो कुनै परोपकारी संस्था होइन जुन झुक्किएर भू-राजनीतिमा आइपुगेको होस् । ''एनईडी'' (NED) र व्यापक ''लोकतन्त्र प्रवर्द्धन गर्ने मेसिन'' ले वर्षौंसम्म युवा नागरिक समूह र आन्दोलनका पूर्वाधार निर्माणमा समय र पैसा खर्च गरे । नेपाल लामो समयदेखि चीन विरुद्धको 'लन्च प्याड' र तिब्बत पृथकतावादी गतिविधिका लागि कोरिडोरको रूपमा प्रयोग हुँदै आएको छ । फ्री-तिब्बत अभियानसँग जोडिएका समूहहरू तिनै आईएनजीओहरूकै मित्र हुन् । 'हामी नेपाल' को सामीप्यलाई लिएर प्रश्न उठ्नुको यहि कारण थियो । यो कुनै अर्ग्यानिक स्थानीय राजनीति होइन । यो चीन घेर्ने रणनीतिको हिमालयन मोर्चा हो ।

 

युएसएआईडी (USAID) का कण्डम र प्रिप (PrEP) कार्यक्रमहरू पनि त्यही ढाँचामा फिट हुन्छन् । ती कहिल्यै राष्ट्रिय विकासका मूल आधार थिएनन् । ती त संरक्षण (Patronage) का माध्यम थिए: जागिर, नेटवर्क, नैतिक ब्रान्डिङ, र पश्चिमा सद्भावको एउटा रेडिमेड कथा । जब रकम रोकियो, ती सम्पूर्ण ''एसेट्स'' फेरि सडकमा ओर्लिए । तर नदीहरूमा अझै पनि जलाशययुक्त बाँध बनेका थिएनन्/छैनन् । यो भिन्नता निकै निर्मम् छ र घाम जत्तिकै छर्लङ्ग पनि । सामाजिक इन्जिनियरिङ गर्न र मस्तिष्क नियन्त्रण गर्नलाई पैसा दिइयो, तर बाढी नियन्त्रण जस्ता कामलाई निषेध गरियो ।

 

केही अहंकारी 'चीन इन्फ्लुएन्सर' हरूले यो अमेरिकी समर्थित क्रान्तिको जयजयकार गरे र एनजीओहरूको कर्तुतलाई सफाइ दिए । तिनीहरूले यसलाई युवाहरूको वास्तविक आक्रोशको रूपमा बेचे र 'हामी नेपाल', एनईडीको रकम, र त्यही ''ईक्को-सिस्टम''मा रहेका तिब्बत पृथकतावादी नेटवर्कहरूलाई बेवास्ता गरे ।

 

राजनीतिक परिणाम पूर्वाधारको परिणामसँग मेल खान्छ । ''कलर रिभोलुशन'' पछि पनि राज्य अझै दातृ निकायको सीमाभित्रै फसेको छ । ति तमाम नेटवर्कहरू जसले जलाशययुक्त बाँधहरू बन्न रोकेका थिए, अहिले तिनैले आफूलाई "जनता" को पक्षमा बोलेको दाबी गर्छन्, जबकि जनता पानीमा डुबिरहेका छन्, मरिरहेका छन्, बेपत्ता भैरहेका छन् । प्रजातन्त्रलाई पहिले नै कब्जा गरियो । भोटेकोशीको बाढीले देखाइदियो कि त्यो कब्जाको मूल्यको मात्रा कति छ भनेर ।

 

केही अहंकारी 'चीन इन्फ्लुएन्सर' हरूले यो अमेरिकी समर्थित क्रान्तिको जयजयकार गरे र एनजीओहरूको कर्तुतलाई सफाइ दिए । तिनीहरूले यसलाई युवाहरूको वास्तविक आक्रोशको रूपमा बेचे र 'हामी नेपाल', एनईडीको रकम, र त्यही ''ईक्को-सिस्टम''मा रहेका तिब्बत पृथकतावादी नेटवर्कहरूलाई बेवास्ता गरे । तिनीहरूसँग दर्शक त थिए, तर ज्ञान र गृहकार्य थिएन । जिम्मेवारी विनाको प्रभाव केवल 'प्रोपोगाणडा' मात्र हो । चीन र हिमालय सम्बन्धी वास्तविक विशेषज्ञताले विनयशील बनाउँछ । चीनको दक्षिणी सिमानामा ''कलर रिभोल्युशन'' को समर्थन गर्नुले त्यसको ठीक उल्टो परिणाम दिन्छ ।

 

अब अर्को दृश्य हेरौँ - यति ठूलो स्तरका विपत्तिहरू लामो समयसम्म पश्चिमा उपस्थितिका लागि बहाना बन्नेछन्: मानवीय सहायता कोरिडोर, 'स्थिरीकरण', सल्लाहकारहरू, र अन्ततः सहायताको भेषमा सेना आउन सक्ने सम्भावनालाई नकार्न सँकिदैन । यो चीनलाई थप घेराबन्दी हो । कोही अझै पनि वासिङ्टनले एसिया छोड्दैछ भन्ने दन्त्यकथा दोहोऱ्याउँछन् । तर नेपालको यो घटनाले विविध पाटोका कथाहरु ओकल्छन् ।

 

नेपालमा नदीको कमी छैन । नेपाललाई ती नदीहरूमाथि अधिकार जमाउने हकबाट वञ्चित गरियो । सार्वभौमसत्ता भनेको डिस्कोर्ड पोल वा अनुदान आवेदनका लागि दिइने नारा होइन । मानिसहरू जहाँ वास्तवमै बाँच्छन् र मर्छन्, त्यहीँ स्रोत र साधनको खर्च हुनु नै वास्तविक अधिकार हो । यो बाँध बनाउने, पानी व्यवस्थापन गर्ने, बिजुली निकाल्ने र देशको विकास गर्नुको साटो देशलाई नै कब्जा गर्ने विदेशी नेटवर्कहरूलाई अस्वीकार गर्ने अधिकार हो ।

 

पूर्वाधारमा गरिने लगानीका यस्ता निषेधलाई नभत्काएसम्म, हिमालहरूले पानी पठाइरहनेछन् र साधारण नेपालीहरूले यसको मूल्य चुकाइरहनेछन् ।

 

(एन्जेलो जुलियानोद्वारा डटडटन्युजमा लिखित लेखको नेपाली अनुवाद)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु