जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी बारे नेपाली सेनाले के भन्यो ?
१९ भाद्र, २०८३, शुक्रवार
- त्यस्तै, माथिल्लो त्रिशूली–३ बी मा नेपाली सेनाका ८९ तथा गैरसैनिकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्रमा पुग्न बाटो बनाउने काम गरिरहेको छ। सुरुङतर्फबाट समेत पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ।
काठमाडौँ: बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार कार्य नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राविधिक तथा आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले जारी राखेको छ ।
नेपाली सेनाले दिएको पछिल्लो अपडेट अनुसार माथिल्लो त्रिशूली–३ ए मा नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ। उद्धारका क्रममा एक जनाको शवसमेत निकालिएको र थप खोजी जारी रहेको सेनाले जनाएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ बी मा नेपाली सेनाका ८९ तथा गैरसैनिकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्रमा पुग्न बाटो बनाउने काम गरिरहेको छ। सुरुङतर्फबाट समेत पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ।
त्यसैगरी, लाङटाङ जलविद्युत् आयोजना को सुरुङभित्र प्रवेश गरेको संयुक्त टोलीले दुई वटा शव फेला पारेको छ। थप खोज तथा उद्धार कार्य जारी रहेको छ।
त्यस्तै, चिलिमे जलविद्युत् आयोजना मा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित टोलीले जेनेरेटर र लेदो तान्ने पम्पको सहायताले सुरुङभित्र जमेको लेदो हटाइरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले डुंगा र रबरको डुंगाको प्रयोग गरी खोजी गरिरहेको छ भने सुरुङभित्र जमेको पानी निकाल्ने काम भइरहेको छ ।
यसैबीच देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ टोलीले आधार तयार गरिरहेको छ । गजुरीमा रहेको अस्थायी पुलका केही सामग्री त्रिशूली पुर्याइसकिएको र थप सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने
-
एमाले अध्यक्ष ओली नुवाकोटमा
-
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी बारे नेपाली सेनाले के भन्यो ?
-
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
-
गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।