पोखरामा पुष्प मेला सुरु, फूलमा आत्मनिर्भर बन्न जोड

१९ कार्तिक, २०८३
सारांश
  • फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

पोखरा : नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला २०८३ पोखरामा सुरु भएको छ ।

 

फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

 

उद्घाटन कार्यक्रममा आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए। उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै गुणस्तरीय उत्पादन र व्यवस्थित बजारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

उनका अनुसार पोखरा क्षेत्रमा दुई सय रोपनीभन्दा बढी जमिनमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । पोखरामा वार्षिक दुईदेखि तीन करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।

 

मेलामा गोदावरी, सयपत्रीलगायत विभिन्न प्रजातिका फूल तथा सजावटी बिरुवाको प्रदर्शनी र बिक्रीवितरण भइरहेको आयोजकले जनाएको छ। मेलाको उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, पुष्प व्यवसायको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्नु रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार