गगन थापाको पक्राउबारे राणाको चेतावनी– ‘कांग्रेस चुप लागेर बस्दैन’

१९ कार्तिक, २०८३

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

 

ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै महामन्त्री राणाले सभापति थापाविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

 

उनले सरकारले सभापति थापामाथि कुनै पनि गलत कदम चाले कांग्रेसले त्यसलाई सहेर नबस्ने स्पष्ट पारे । ‘सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ,’ उनले भने ।

 

बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाको दाबी छ । सरकारले प्रतिशोधपूर्ण कदम चाले त्यसविरुद्ध सशक्त रूपमा प्रतिरोध गर्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

 

महामन्त्री राणाले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाए । साथै, उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको दाबीसमेत गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार