प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

१९ कार्तिक, २०८३

काठमाडौं: नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

 

भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

 

दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले आफ्नो उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन्। प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विभिन्न पक्षमा सकारात्मक छलफल भएको थियो।

 

भारतीय विदेश सचिवको यस भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। दुई देशबीचका बाँकी द्विपक्षीय विषयमा समझदारी कायम गर्न तथा उच्च तहमा निरन्तर संवाद र सहकार्य अघि बढाउन यस्ता भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने कूटनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार