नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ७३ करोडको कारोबार
२४ चैत्र, २०८२, मगलवार
- आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा कारोबार भएको थियो । आज बैंकिंग, होटल्स, हाइड्रो र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा कारोबार भएको थियो । आज बैंकिंग, होटल्स, हाइड्रो र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र स्वेत गंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फन्डको शेयर ७.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको २४ कोर्द २२ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको २४ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’