एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने

१२ मार्ग, २०८३
सारांश
  • सरकारले गरेको निर्णयबारे अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई जानकारी दिने अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको छ। केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

काठमाडौं: सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गत सञ्चालन भइरहेका परियोजनाको सम्झौतामा १ वर्ष बढाउने निर्णय गरेको छ।

 

यो अवधि थप्दा सरकारलाई अतिरिक्त आर्थिक भार पर्ने जनाएको छ। परियोजनाको वास्तविक कार्यान्वयन अवधि भने ५ वर्ष नै रहनेछ।

 

सरकारले गरेको निर्णयबारे अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई जानकारी दिने अर्थ मन्त्रालयलाई जिम्मेवारी दिएको छ। केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

 

यसअघि नै एमसीए–नेपालले परियोजनाको समय थप सरकारसँग आग्रह गरेको थियो। गत मे महिनामा उसले नेपाल सरकारमार्फत एमसीसीलाई पत्र पठाएको थियो। उक्त पत्रमा ७५ करोड ६० लाख अमेरिकी डलर बराबरको कम्प्याक्ट सम्झौताको अवधि बढाउन अनुरोध गरिएको थियो।

 

एमसीसीको सहयोगमा नेपालमा दुईवटा मुख्य परियोजना अघि बढिरहेका छन्। पहिलो परियोजनाअन्तर्गत ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण हुँदैछ।

 

अर्को परियोजनामा पूर्व–पश्चिम महेन्द्र राजमार्गको एउटा खण्ड स्तरोन्नति गर्ने काम समावेश छ।

सरकारले गरेको समय थपसम्बन्धी प्रस्ताव अब एमसीसीको बोर्डमा प्रस्तुत हुनेछ। एमसीसीको वेबसाइटमा उल्लेख भएअनुसार बोर्डको अर्को बैठक डिसेम्बर २ मा बस्नेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार