चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

१३ मार्ग, २०८३
सारांश
  • नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

काठमाडौं : नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

 

नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको हो । यसबाट प्राधिकरणले कुल २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । चार महिनाको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

 

कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी विद्युत् निर्यात असोजमा भएको थियो । असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा यस वर्ष निर्यात प्रभावित भएको बताएका छन् । केही आयोजनाको उत्पादन बन्द भए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य मात्रामा निर्यात गर्न सफल भएको उनको भनाइ छ ।

 

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो ।

 

विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी गरेको नेपाल लगातार दुई वर्षदेखि विद्युतको खुद निर्यातकर्ता बन्दै आएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार