सिबिफिनले भन्यो- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य
१५ फाल्गुन, २०८२, शुक्रवार
- सिबिफिनका अनुसार समीक्षा मार्फत नीतिगत आधारभूत व्यवस्था यथावत राख्दै समयअनुसार केही सुधारात्मक कदम अघि बढाइएको छ, जसले वित्तीय प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि विस्तार र वित्तीय स्थिरतालाई प्राथमिकता दिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ ।
सिबिफिनका अनुसार समीक्षा मार्फत नीतिगत आधारभूत व्यवस्था यथावत राख्दै समयअनुसार केही सुधारात्मक कदम अघि बढाइएको छ, जसले वित्तीय प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । विशेषगरी साना, घरेलु तथा लघु उद्यममा कर्जा विस्तार, कार्यशील पूँजी व्यवस्थापनमा सुधार, पुनर्संरचना सुविधा तथा विदेशी विनिमय जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थाले कर्जा प्रवाह र लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उत्पादन, निर्यात र रोजगारी सिर्जनासँग जोडिएका क्षेत्रमा लगानी बढ्न सहयोग पुग्ने तथा डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणाली विस्तारले वित्तीय क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने सिबिफिनको धारणा छ ।
परिसंघले खराब कर्जा वृद्धि र तरलता व्यवस्थापनजस्ता चुनौती समाधानका लागि नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कदम चाल्ने विश्वास समेत व्यक्त गरेको छ ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायले वित्तीय स्थिरता कायम राख्दै अर्थतन्त्र सुदृढ बनाउन यस्तो नीतिगत सुधार महत्वपूर्ण हुने बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।