- भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा आयात १४.१८ प्रतिशत बढेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेको छ ।
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १४.१८ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिनामा आयात १४.१८ प्रतिशत बढेको छ भने निर्यात ४३.७६ प्रतिशतले बढेको छ ।
रिपोर्ट अनुसार ६ महिनमा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ महिनमा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार बराबरको आयात भएको थियो ।
यस्तै यस आर्थिक बर्षको ६ महिनामा एक खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार बराबरको निर्यात भएको थियो ।
यस आर्थिक बर्षको ६ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९७ अर्ब ४८ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ खर्ब २३ अर्ब ५८ करोड रहेको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ६ महिनामा कुल बैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड रहेको थियो । त्यसैगरी ६ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.३२ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५१ गुणामा झरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’