छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन

२०८२ माघ १ विहिवार
सारांश
  • पुस मसान्तसम्म छ महिनामा ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य रहेकोमा ८१.७५ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं: आर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।

 

पुस मसान्तसम्म छ महिनामा ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य रहेकोमा ८१.७५ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

 

त्यस्तै पुस महिनाको लक्ष्य एक खर्ब ९० अर्ब ७७ करोड रहेकोमा एक खर्ब ७१ अर्ब ६३ करोड राजश्व संकलन भएको छ, जुन ८९.९६   प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा पुस महिनामा एक खर्ब ६१ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो ।

 

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार