सालापा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८२ पुष २० आइतवार
सारांश
  • कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ ।

काठमाडौँ: सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

पुस १६ गतेदेखि खुला भएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । शनिबारसम्म यस आइपीओमा १९ लाख ६२ हजार ६९ जनाले २ करोड ३० लाख ८० हजार ४३० कित्ता शेयरका लागि आवेदन दिइसकेका छन् ।  

कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ ।

 

कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख छ । यसमध्ये ३३ प्रतिशत  अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनिले बताएको छ । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

 

त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।

 

आईपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । आवेदन दिनेले न्यूनतम १० इकाइ र अधिकतम २५ हजार इकाइका लागि दिन सकिने छ ।

 

नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त 'बि' वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार