जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ४ अर्ब २ करोड बीमा दाबी भुक्तानी
२०८२ मङ्सिर १२ शुक्रवार
- करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ ।
काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख दाबी रकममध्ये करिव ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख दाबी रकममध्ये करिव ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’