चालु आर्थिक बर्षको तीन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण
२०८२ कार्त्तिक १४ शुक्रवार
- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो । योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ ।
काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त सम्म २६ खर्ब ७४ अर्ब चार करोड सरकारी ऋण रहेकोमा असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको हो । योसँगै सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत पुगेको छ ।
कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३. ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६. ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब ७ करोड रहेको छ ।
चालु आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा एक खर्ब ८४ करोड ऋण प्राप्त भइसकेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर रहेको छ ।
जस मध्ये आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४. ८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४. ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब एक करोड बराबर बजेट विनियोजन भएकोमा आश्विन मसान्तसम्म एक खर्ब ९ र्ब ८९ करोड बराबर भुक्तानी भइसकेको उल्लेख छ ।
यो वार्षिक बजेट विनियोजनको आधारमा २६. ७४ प्रतिशतको हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।