टेस्लाको नाफा घटेपछि शेयरमा गिरावट

२०८२ कार्त्तिक ०६ बिहीवार
सारांश
  • कम्पनीले यो गिरावट अनुसन्धान र विकाससँग सम्बन्धित शुल्क र अतिरिक्त लागतका कारण भएको बताएको छ ।

काठमाडौँ : अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाको त्रैमासिक आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनिको कुल आम्दानीमा कीर्तिमानी वृद्धि भएपनि खुद नाफा ३७ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ ।

 

कम्पनीले यो गिरावट अनुसन्धान र विकाससँग सम्बन्धित शुल्क र अतिरिक्त लागतका कारण भएको बताएको छ ।

 

सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व २८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।

 

कम्पनीले कर क्रेडिटको म्याद सकिनुअघि अमेरिकी ग्राहकहरूले गरेको भारी खरिदका कारण यो वृद्धि भएको बताएको छ । कम्पनीका शेयरधारकहरूले नोभेम्बरमा सीईओ एलोन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जुन सम्भावित रूपमा १ ट्रिलियन डलरसम्मको हुन सक्छ । यद्यपि, नतिजा घोषणा भएपछि टेस्लाको शेयर ३.८ प्रतिशतले घटेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार