नेप्सेमा ५८.५५ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

२०८२ असोज २१ मङ्गलवार
सारांश
  • आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

काठमाडौँ : दशैँ बिदा पछि खुलेको आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ५८.५५ अंकले घटेर नेप्से २६०४.९६ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

 

आज सेन्चुरी डेभेन्चरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया ऋण पत्रको शेयरमा ९.११ प्रतिशतले बढेको छ ।

त्यस्तै आज भूगोल इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २८ करोड ३१ लाख र नेपाल रिइन्सुरेन्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार