एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने

२०८२ भाद्र १२ बिहिवार
सारांश
  • बिहीबार हिमालयन जाभा र एनआईबिएल इक्विटी पार्टनर्स हस्ताक्षर समारोह गरी एनआईबीएल इक्विटी पार्टनर्सले लगानीको घोषणा गरेको हो ।

काठमाडौँ, १२ भाद्र । एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।

 

बिहीबार हिमालयन जाभा र एनआईबिएल इक्विटी पार्टनर्स हस्ताक्षर समारोह गरी एनआईबीएल इक्विटी पार्टनर्सले लगानीको घोषणा गरेको हो ।

 

१९९९ मा स्थापित हिमालयन जाभा नेपालको पहिलो विशेष कफी ब्रान्ड भएकोले यसलाई विश्वव्यापी विस्तार गर्न एनआईबिएल इक्विटी पार्टनर्सले सहयोग अपेक्षा गरिएको हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले बताए ।

 

उनले भने, ‘स्थापना भएदेखि नै, हामी हिमालयन जाभामा नेपालको बृहत् उद्यमशीलता पारिस्थितिक प्रणालीलाई समर्थन गर्ने कुरामा विश्वास गर्दै आएका छौं। आज, हामी विश्वव्यापी रूपमा विस्तार गर्ने, नेपाली कफी निर्यात गर्ने र विश्व मञ्चमा देशको सम्भावना प्रदर्शन गर्ने हाम्रो लक्ष्यहरू साकार पार्ने रणनीतिक साझेदार एनआईबिएल  इक्विटी पार्टनर्ससँग नयाँ अध्यायमा प्रवेश गरेका छौ ।

 

एनआईबिएल  इक्विटी पार्टनर्स देशको सबैभन्दा ठूलो र सबैभन्दा सक्रिय बैंकिङ र पूँजी बजार संस्थाहरू र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी ल्क्ष्ःद्य एस क्यापिटलको निजी इक्विटी पहल हो।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार