- आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको थियो ।
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा तल झरेर आज २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो दिनको तुलनमा यसदिन कारोबार रकम पनि घटेको छ ।
आज कुल ३२३ स्टकको ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ । सोमबार १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.३३ अंकले घटेको छ ।
यसदिन सिटि होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७.७८ रुपैयाँले बढेर ६३६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११६.१९ रुपैयाँले बढेर २७९२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, हिमालयन बैंक लिमिटेडको बोन्डको मूल्य प्रतिकित्ता ४३.७६ रुपैयाँले बढेर ११३८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने कृषि विकास बैंकको डिबेन्चरको शेयर मूल्य प्रतिकित्ता ३९.३९ रुपैयाँले बढेर ११२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन सिकलेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्म सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ११४.५५ रुपैयाँले घटेर १०३२.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १७९.७४ रुपैयाँले घटेर प्रतिकित्ता २०६६.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, लक्ष्मी लघुवित्त वित्तिय लसंस्था लिमिटेडको शेयर मूल्य पनि प्रतिकित्ता ७०.९५ रुपैयाँले घटेर १०८४.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड, लुम्बीनी विकास बैंक, र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।