मध्यभोटे कोशीमा आवश्यक सबै पुर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक शाक्यको निर्देशन
१६ श्रावण, २०८२, शुक्रवार
- यसका साथै पावरहाउस लगायतका सबै पुर्वधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिएका छन्
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन् ।
पुर्णत स्वदेशी शिप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाको रुपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो । ‘निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिए ।’ प्राधिकरण स्रोतले भन्यो ।
यसका साथै पावरहाउस लगायतका सबै पुर्वधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिएका छन् । ‘उनले पावरु हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउनसक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिए ।’ स्रोतको भनाइ थियो ।
लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रविसे – लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरु सँग सहमती हुननसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो ।
त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।
विसं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।