नेप्से १८ अंकले घट्यो, २६ अर्ब ५७ करोडको कारोबार

२०८२ श्रावण ११ आईतवार
सारांश
  • आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

काठमाडौँ : नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.४४ अंकले घटेर २९६४. २० विन्दुमा रोकिएको छ । 

 

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

 

आज समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मुल्य ६.३४ प्रतिशतले घटेको छ ।

 

आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको एक अर्ब २ करोड ३ लाख ३५ हजार बराबरको र एन्गाडी ग्रुप पावर लिमिटेडको ८८ करोड ९० लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार