राप्ती हाईड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने
२०८२ श्रावण ५ सोमवार
- कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन ।
काठमाडौं: राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने भएको छ ।
कम्पनीले गत असार १ देखि २४ गते सम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद मध्ये ७ लाख ४ हजार १११ कित्ता हकप्रदमा आव्दन परेको थिएन ।
सोहि शेयरलाई कम्पनीले अहिले बोलकबोल प्रक्रिया मार्फत विक्री गर्न लागेको हो । कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अंकित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले साउन २० गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, विर्तामोड, विराटनगर, विरगञ्ज, जनकपुर,हेटौडा, नारायणगढ र पोखराबाट आवेदन पेश गर्न सक्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।